समाजवादी फोरम र राजपाले साझा उम्मेदवार उठाउने
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा साझा उम्मेदवार उठाउने भएका छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका नेता महन्त ठाकुरले आज संयुक्त विज्ञप्ति जारी गरी एक आपसमा सहकार्य गर्ने, दुबै निर्वाचनमा संयुक्त भई साझा उम्मेदवारी दिने र अन्य राजनीतिक दलहरुसँग तालमेल वा गठबन्धन गर्नुपरेमा संयुक्त रुपमा सहभागी हुने निर्णय बताएका छन् ।
यता राजपाले नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनमा समेत सहभागी हुने जनाइसकेको छ । अब जुन गठबन्धनमा गए पनि दुबै दल संयुक्त रुपमा जानेछन् ।