नबिल ब्यांक सर्वोत्कृष्ट व्यवस्थित वाणिज्य ब्यांक घोषित
नबिल ब्यांक “चौथोे न्यू बिज बिजनेश कन्क्लेभ अवार्ड २०१७” मा “सर्वोत्कृष्ट व्यवस्थित वाणिज्य ब्यांक –२०१७”बाट सम्मानित भएको छ ।
नेपाल राष्ट्र ब्यांकका पूर्व गभर्नर बिजयनाथ भट्टराईले नबिल ब्यांकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।
व्यवस्थित वाणिज्य ब्यांक घोषित हुनु गौरवको विषय भएको र यसले ब्यांकलाई थप जिम्मेवार बनाएको नबिल ब्यांकले जनाएको छ ।
नबिल ब्यांक आर्थिक बर्ष २०७३/७४ मा रु. ३ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको थियो ।