थप समाचारशुक्रवार, आश्विन २०, २०७४

बस दुर्घटनामा दुईको मृत्यु, १० जनाको अवस्था गम्भीर

हिमालखबर

अर्घाखाँचीको मालारानी गाउँपालिका– २ सापडाँडामा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको स्थानीयवासी टंक खनालले बताए । घाइतेहरुको उद्दार कार्य जारी रहेको र उनीहरुको उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । 

मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी– २ सापडाँडामा सडकदेखि १०० मिटर तल खसेपछि दुर्घटना भएको हो । 

प्रतिकृया दिनुहोस