वाम एकता सत्ता प्राप्तिका लागि मात्रैः प्रकाशशरण महत
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको एकता सत्ता प्राप्तिका लागि मात्रै भएको प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेस सूर्यविनायक नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले एमाले सबैतिरबाट एक्लिँदै गएकाले बाध्य भएर माओवादी र नयाँ शक्तिसँग एकता गरेको बताएका हुन् ।
वाम एकताले आत्तिनु पर्ने अवस्था नआएको र यसबाट कांग्रेस विचलित नहुने उनको भनाइ थियो । महतले वर्तमान सरकारले नै दुबै निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनलाई पूर्णता दिने बताए । रासस