नारायणीमा पौडी खेल्दा दुईजना बेपत्ता
नारायणी नदीमा पौडी खेल्दा–खेल्दै दुईजना बालक बेपत्ता भएका छन् ।
१८ असोजमा नवलपरासीको कावासोती–११ लौगाई घाटमा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका हन् ।
बेपत्ता हुनेमा १० वर्षीय सुमन महतो र ८ वर्षीय सुसन महतो रहेको प्रहरीले जनाएको छ ।
बेपत्ताको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी जारी छ । रासस