दशैं तिहारका लागि सुपथ मूल्य पसल खुल्ने
दशैं तिहारका लागि आपूर्ति मन्त्रालयको पहलमा देशभरी सुपथ मूल्य पसल सञ्चालनमा आउने भएका छन् ।
नेपाल साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले काठमाडौं उपत्यकाका १३ र देशका अन्य २३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । यहि १ असोजदेखि २२ कात्तिकसम्म सुपथ मूल्य पसलमा छुटमा ७८ प्रकारका खाद्यबस्तु बिक्री गरिने आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिए ।
सुपथ मूल्य पसलमा प्रतिकेजी चिनीमा रु.५ र नूनमा रु.२ छुट दिइने छ भने खानेतेल रु.१०७ प्रतिलिटिरमा बिक्री गरिने जनाएको छ ।
काठमाडौं उपत्यकामा सुपथ मूल्य पसल सञ्चालन हुने स्थानहरुः
१) रामशाहपथ (सिंहदरबार)
२) थापाथली
३) नख्खु
४) जावलाखेल
५) बल्खु
६) टेकु
७) जडीबुछी (कोटेश्वर)
८) सूर्यविनायक (भक्तपुर)
९) बुढानीलकण्ठ (नारायणस्थान)
१०) बौद्ध
११) सतुङ्गल
१२) नयाँ बानेश्वर
१३) कालीमाटी (साल्ट टे«डिङ्ग कर्पोरेसन लि. परिसर)
उपत्यका बाहिर सुपथ मूल्य पसल सञ्चालन हुने स्थानहरुः
१) बनेपा (काभ्रेप्लान्चोक)
२) बिर्तामोड (झापा)
३) विराटनगर (मोरङ)
४) राजविराज (सुनसरी)
५) लाहान (सिराहा)
६) जनकपुर (धनुषा)
७) वीरगञ्ज (पर्सा)
८) हेटौंडा (मकवानपुर)
९) नारायणगढ (चितवन)
१०) पोखरा (कास्की)
११) बाग्लुङ
१२) भैरहवा (रुपन्देही)
१३) टीकापुर (कैलाली)
१४) कृष्णनगर (कपिलवस्तु)
१५) दाङ
१६) सुर्खेत
१७) नेपालगञ्ज (बाँके)
१८) धनगढी (कैलाली)
१९) महेन्द्रनगर (कञ्चनपुर)
२०) दिपायल (डोटी)
२१) डडेल्धुरा
२२) बेलौरी (कञ्चनपुर)
२३) त्रिशुली (नुवाकोट)