ताजकिस्तान विरुद्ध खेल्ने नेपाली टीममा पाँच फरवार्ड
एसियन कप २०१९ छनौट अन्तर्गत ताजकिस्तान विरुद्ध खेल्न २३ सदस्यीय टीम नेपाल घोषणा गरिएको छ । ताजकिस्तानको घरेलु मैदानमा खेल्ने टीम नेपालका सदस्यहरुको नाम अखिल नेपाल फुटबल संघ (एन्फा) ले १८ असोजमा सार्वजनिक गरेको हो ।
पहिलो लेगमा होम ग्राउण्डमा पराजित टीम नेपालले २४ असोजमा ताजकिस्तानको सामना गर्न लागेको हो । तीन खेलबाट जम्मा एक अंक जोडेर अंकतालिकाको पुछार रहेको नेपालले ताजकिस्तान विरुद्ध खेल्ने टीममा पाँच जना फरवार्डको नाम छनौट गरेको छ ।
टीम नेपालका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, भरत खवास, अञ्जन विष्ट र जर्जप्रिन्स कार्कीलाई फरवार्डका लागि छनौट गरेका छन् ।
समूह ‘एफ’ मा रहेको नेपालले फिलिपिन्स, यमन र ताजकिस्तानसँग ४–४–२ संरचनामा खेलेको थियो । अब भने ३–४–३ को संरचनामा खेलाउने तयारी भईरहेको प्रमुख प्रशिक्षक कोजी बताउँछन् ।
छनोटमा परेका खेलाडी
गोलकिपर
किरण लिम्बू
विकेश कुथु
एलन न्यौपाने
डिफेन्डर
कमल श्रेष्ठ
आदित्य चौधरी
अनन्त तामाङ
देवेन्द्र तामाङ
विराज महर्जन
जितेन्द्र कार्की
दिनेश राजबंशी
राजेन्द्र रावल
मिडफिल्डर
सुजल श्रेष्ठ
विशाल राई
विक्रम लामा
हेमन गुरुङ
रोहित चन्द
सुनिल वल
हेमन्त थापा मगर
फरवार्ड
बिमल घर्ती मगर
नवयुग श्रेष्ठ
भरत खवास
अञ्जन विष्ट
जर्जप्रिन्स कार्की