गुडलाईफ म्याङ्गो जुस बजारमा
गुडलाईफ वेभरेजले गुडलाईफ म्याङ्गो जुस बजारमा ल्याएको छ ।
नेपालमै उत्पादन गरिएको जुस टेट्रा प्याकमा प्याकिङ् गरिएको छ । जसले जुसलाई सुरक्षित राख्ने कम्पनीको दाबी छ ।
२०० एमएलको गुडलाईफ म्याङ्गो जुसको बजार मूल्य २५ तोकिएको छ ।
गुडलाईफ वेभरेज जाजु ग्रुप र शारदा गुप्रले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् । गुडलाईफले ४० भन्दा बढी भेराइटीका बिस्कुटका साथै २० भन्दा बढी भेराइटीका चकलेटहरु उत्पादन गर्दै आइरहेको छ ।