गुलरियामा कर्फ्यू २३ घण्टापछि हटाइयो
सदरमुकाम गुलरियाको लालपुर क्षेत्र आसपासमा लगाइएको कर्फ्यू २३ घण्टापछि हटाइएको छ ।
१५ असोज, आइतबार राति ताजिया र मूर्ति विसर्जन गर्ने समूहबीच झडप भएपछि स्थिति सामान्य पार्न गुलरिया नगरपालिका– ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कर्फ्यू लगाइएको थियो ।
आज बिहान ९ बजेदेखि कर्फ्यू हटाइएको प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिए ।