सूर्य चिह्न लिएर चुनाव लड्न त्रिपाठी सहमत
नेकपा (एमाले) र स्वतन्त्र राजनीतिक समूहका बीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ ।
स्वतन्त्र राजनीतिक समूह नाम दिइएको समूहमा राजपा नेता हृदयेश त्रिपाठी, विके गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्ला रहेका छन् ।
सो समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल तथा समूहका तर्फबाट राजपाका नेता हृदयेश त्रिपाठी (नवलपरासी), विके गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु) र जगदीश शुक्ला (बाँके) ले हस्ताक्षर गरेका छन् ।