झाडापखालाबाट एकको मृत्यु, तीनजना सिकिस्त
दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँमा झाडापखालाबाट एक जनाको मृत्यु भएको छ भने १० जना विरामी परेका छन् । उनीहरु मध्ये तीन जना सिकिस्त रहेको जनाएको छ ।
झाडापखाला र ज्वरो आएपछि सिकिस्त भएका ६९ वर्षीय तेन्जी शेर्पाकोे १५ असोजमा मृत्यु भएको स्थानीय बासिन्दाले बताए । स्थानीय बासिन्दाका अनुसार, सिमिगाउँमा थप १० जना विरामी परेका छन् ।
केही दिनदेखि झाडापखाला र ज्वरो फैलिएको खबर आएको दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबिक्रम थापाले बताए । प्रजिअ थापाका अनुसार, दशैं लगत्तै सिमिगाउँमा झाडापखाला र ज्वरो फैलिएको थियो ।
उपचारका लागि सदरमुकाम चरिकोटबाट ओषधि सहित स्वास्थ्यकर्मीको टोली पठाएको प्रजिअ थापाले बताए ।
-सर्मिला बुढाथोकी, दोलखा