कर्णाली नदीमा डुबेर दुई युवक बेपत्ता
कर्णाली नदीमा नुहाउदा १५ असोज दिउसो वेपत्ता भएका दुई युवक अझै फेला परेका छैनन् ।
१५ असोज दिउसो कैलालीको मोहन्याल गाउँपालिकाको पितमारीस्थित कर्णाली नदीमा नुहाउन गएका टीकापुर नगरपालिका–९ का २० वर्षीय मुकुन्द न्यौपाने र २१ वर्षीय रमेश न्यौपाने नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर बोहराका अनुसार, नुहाउने क्रममा नदीको गहिराइ नाप्ने भन्दै नदीको भूमरी नजिक पुगेका दुवैजना डुबेर बेपत्ता भएका हुन । उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक बोहराले बताए ।