ज्येष्ठ नागरिकका अनुभव अनुकरण गर्न राष्ट्रपतिको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकलाई सम्मान गरी उनीहरुको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गरेकी छन् ।
१५ असोजमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपतिले सम्पूर्ण ज्येष्ठ नागरिकको सुख, शान्ति एवं सम्मानजनक जीवनयापनका लागि शुभकामना दिएकी छन् । जीवनको अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पु¥याएका ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य सम्पत्ति भएको राष्ट्रपतिको भनाइ छ ।
“ज्येष्ठ नागरिकको सीप मुलुक निर्माणमा प्रयोग गर्ने, ज्येष्ठ नागरिकबाट असल संस्कृति र संस्कार भावी पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा ज्येष्ठ नागरिकको योगदानलाई स्वीकार गर्ने एवं नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण सृजना गर्नु नै ज्येष्ठ नागरिक दिवसको महत्व रहन्छ,” राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिएका छन् । उनले ज्येष्ठ नागरिकका हकहितको संरक्षण तथा सम्बद्र्धनका लागि र उनीहरुको सम्मान–आदरका लागि सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन् ।
संयुक्त राष्ट्र संघले सन् १९९० मा घोषणा गरेअनुरुप १ अक्टोबरलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइदै आएको छ । यस वर्ष ‘पनि भविष्यतर्फ पाइलाः ज्येष्ठ नागरिकको प्रतिभाको उपयोग, योगदान र समाजमा सहभागिता’ भन्ने नारा सहित ज्येष्ठ नागरिक दिवस मनाइदैछ ।