बल्खुमा आगलागी, ४० घर नष्ट
काठमाडौंको बल्खु, कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा १४ असोज राति ११ बजेतिर शुरु भएको आगलागीमा ४० घर नष्ट भएका छन् ।
मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा १५ वटा ग्यास सिलिण्डर पनि पड्केको स्थानीय बासिन्दाले बताए ।
आगलागीमा खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताए । नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको थियो । सेनाका पाँच वटा दमकल परिचालन गरिएका थिए । रासस