मोटर साइकल र स्कुटर ठोक्किंदा दुबैका चालकको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाँउपालिका पाडाजुँगीमा मोटरसाईकल र स्कुटर जुध्दा दुईजनाको ज्यान गएको छ ।
१२ असोज साँझ ७ बजे तिर मे ४ प ३५२४ नम्बरको स्कुटर र को १५ प ८४३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटर चालक दमक ५ का २८ वर्षीय सुनिल सुबेदी र मोटरसाइकल चालक दमक ९ का २५ वर्षीय सुवास सुबास निरौलाको मृत्यु भएको हो ।
मोटरसाईकलमा सवार अर्का एकजना दमक ९ का राजन खडकाको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
गोपाल गडतौला, झापा