दशैंलाई स्वादिष्ट बनाउन घरमै थरी-थरीका परिकार
परिवार र नातागोता भेटघाटका बेला लैजाने उपहार होस् या टीका सकिएपछिको सबै भेला भई एकसाथ गरिने भोजन, हरेक घरका लागि खानपान विशेष हुन्छ दशैंमा। त्यसैले दशैंलाई खानपिनको पर्व पनि भन्न सकिन्छ। त्यसो त दशैंमा के खाने, के पिउने? जवाफ सजिलो छैन। किनकि चाडपर्वमा आत्मअनुशासनमा खासै ख्याल गरिंदैन। तर, खाद्य विशेषज्ञहरू भने खानेकुरामा पोषण र परिमाणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिन्छन्।
हिमालखबरले दशैंका बेला घरमै सजिलै तयार पार्न सकिने खाद्य र हल्का पेय पदार्थबारे जानकारी पस्कने प्रयास गरेको छ। दक्ष सेफहरूको रेसिपीमा आधारित विधिले पक्कै पनि दशैं थप स्वादिष्ट बन्नेछ !
स्याचुरेटेड चिकेन चिल्ली
रामचन्द्र तामाङ, सेफ
एटिक बार, टंगाल
बनाउने तरीका:
लामो आकारमा काटिएको कुखुराको छातीलाई नून, मरिचको धूलो, कर्न फ्लोरमा मिश्रण गरेर मध्यम आगोमा तेल तताएर पाँच मिनेट तार्ने। चिकेन जस्तै लामो आकारमा काटिएको भिंडेखुर्सानी, प्याज र मसिनो टुक्रा गरिएको प्याजलाई हल्का तेल राखेर फ्राई गर्ने। त्यसमा सेलरी, सुकेको खुर्सानी, नून राखेर दुई मिनेट फ्राई गर्ने। त्यसपछि टोमाटो केचप, हट सस मिश्रण गर्ने। त्यसमा फ्राई गरिएको चिकेन, सोया सस, भिनेगर, आलस तेल राखेर मिक्स गरेपछि स्याचुरेटेड चिकेन चिल्ली तयार हुन्छ।
-----------------------------------------------------------------------------------------------------------------------
चिकेन सुकुटी फ्राई
सचिन गौचन, सेफ
एलिस रेस्टुरेन्ट, गैह्रीधारा, काठमाडौं
बनाउने तरीका
कुखुराको छातीको मासुलाई मसिनो गरी लामो गरेर काट्ने। त्यसलाई एकदेखि दुईदिनसम्म आगोमा सुकाउने। २०० ग्राम सुकाउँदा ८० ग्रामजति सुकुटी तयार हुन्छ। सुकुटीलाई टुक्रा बनाएर तेलमा दुई/तीन मिनेट फ्राई गर्ने। यसरी तयार गरिएको चिकेन सुकुटी फ्राईलाई नून, सुकेको खुर्सानी र टिमुर पिसेर बनाएको छोपसँग सर्भ गर्न सकिन्छ। यसलाई टमाटरको अचारसँग पनि सर्भ गर्न सकिन्छ। चाडमा छिटो तयार गर्ने परिकारका रुपमा चिकेन सुकुटी फ्राई बनाउन सकिन्छ। सुकुटी बनाएर फ्रिजमा राखेर आवश्यकता अनुसार प्रयोग गर्न पनि सकिन्छ। रातो मासु खान नहुने र सुकुटी मन पराउनेहरूका लागि चिकेन सुकुटी उपयुत्ता्क हुन्छ।
-----------------------------------------------------------------------------------------------------------------------
श्याम लामा, सेफ
ढोकैमा क्याफे, पाटनढोका, ललितपुर
बनाउने तरीका
लामो बनाएर टुक्रा गरेको पोर्कमा कर्न फ्लोर, सोया सस, नून, मरिच राखेर मोल्ने। त्यसलाई तेल तताएर तीन मिनेट फ्राई गर्ने। थोरै तेल तताएर त्यसमा मसिनो गरी काटेको लसुन फ्राई गर्ने। त्यसमा ल्याजु सस, भिनेगर र फ्राई गरेको पोर्क राखेर चलाएपछि स्याटर्ड पोर्क तयार हुन्छ।
-----------------------------------------------------------------------------------------------------------------------
आलोक मगर, सिनियर सेफ
तबेला गार्डेन रेस्टुरेन्ट, नारायणचौर, काठमाडौं
बनाउने तरीका
मसिनो गरी काटिएको मिक्स हर्ब्स र लसुनलाई ओलिभ तेल, नून र माछाको पिसलाई मोल्ने। सो मिश्रणलाई २२५ डिग्री तापक्रममा १२ मिनेट ग्रिल्ड गर्ने। आइसल्याण्ड सस, क्रिम, नून, काटिएको भिंडेखुर्सानी, प्याज, बटर र वाइनलाई मिसाएर सस बनाउन तीन मिनेट सानो आगोमा तताउने। उसिनेर कोरिएको आलुमा जाइफलको धूलो, क्रिम, बटर, नून, सेतो मरिच राखेपछि तेलमा हालेर दुई मिनेट फ्राई गरी आलुको मिचमाच (मास्ड पोटेटोज्) बनाउने। तयार गरिएको ससमा ग्रिल्ड गरिएको फिसलाई मिसाएर आलुको मिचमाचसँग सर्भ गर्न सकिन्छ। सर्भ गर्नुअघि धनियाँको पातलाई पिसेर त्यसलाई ओलिभ तेलमा मिसाएर सेतो कपडामा राख्ने।
कपडालाई निचोर्दा निस्किएको तेलले सर्भ गर्न लागिएको परिकारलाई माथिबाट छर्केर सजाउन सकिन्छ। सर्भ गर्ने बेलामा आलुको मिचमाचमा चेरी टमाटरसँगै उमालेका तरकारीका टुक्रा राख्न सकिन्छ। ताजा हर्ब्स नभए ड्राई हर्ब्स र क्रिमको सट्टामा दूधको प्रयोग गर्न सकिन्छ। यो विधिबाट चिकेन, पोर्कलगायतको पनि परिकार बनाउन मिल्छ।
-----------------------------------------------------------------------------------------------------------------------
पनिर ६५
राकेश कार्की, प्रमुख सेफ
बुइँगल लज एन्ड बार, मैतीदेवी
बनाउने तरीका
पनिरलाई स–साना टुक्रा बनाएर काट्ने। चामलको मैदा, कर्न फ्लोर, नून, मरिचको धूलो मिलाएर लेदो बनाउने। लेदोमा पनिर चोप्ने। त्यसलाई तेलमा हल्का खैरो हुने गरी (दुई–तीन मिनेट) तार्ने। खुर्सानी, लसुन, प्याजको चप भुट्ने। खैरो भएपछि दही हाल्ने। त्यसपछि जिराको धूलो, खुर्सानीको धूलो हाल्ने। त्यसमा तारेको पनिर मिलाउने। त्यस माथि धनियाँ छर्किने। खानलाई तयार हुन्छ।
-----------------------------------------------------------------------------------------------------------------------
बनाउने तरीका
पनिरलाई चेप्टो टुक्रामा काट्ने। त्यसमा ओलिभ तेल, तोरीको छोप, नून र मरिचको धूलो मिलाएर ग्रिल गर्दै बटर हाल्ने। छुट्टै भाँडोमा मैदा हल्का भुट्ने। भुटेको मैदा दूधमा मिलाउने। लेदो बनेपछि चिनी मिसाउने र सस तयार हुन्छ। डल्ले च्याउलाई स्लाइस कटिङ गरेर त्यसमा मिसाउने। आधा उमालेको काउली, सिमी र स्पागेटी नुडल्सलाई बटरमा भुट्ने। नून र मरिचको धूलो राख्ने। केही बेरमा तयार हुन्छ। त्यसलाई प्लेटमा राखेपछि माथिबाट सस हाल्ने। ग्रिल पनिर तयार हुन्छ।
-----------------------------------------------------------------------------------------------------------------------
मटन तास
पदम तामाङ, सेफ
चितवनको भेटघाट रेस्टुरेन्ट, अनामनगर, काठमाडौं
बनाउने तरीका
मसला, तेल, खुर्सानी, नुन, अदुवा र लसुनको पेस्टमा मासु मोलेर एक घण्टासम्म फ्रिजमा राख्ने । त्यसपछि तोरीको तेलमा फ्राइ गर्ने । मासु रातो हुँदै गएपछि मसला र मासु छुट्टिँदै जान्छ, त्यसपछि मसला निकाल्ने र मासु मात्रै करीब १० मिनेट जति पुनःफ्राई गर्ने । तयार मटन तासलाई भुजासँग सर्भ गर्न सकिन्छ ।
-----------------------------------------------------------------------------------------------------------------------
आयुष्का श्रेष्ठ, वारिष्टा
किम्ची रेस्टुरेन्ट, अनामनगर
बनाउने तरीका
आइस, केरा, तीन चम्चा जति दही र चिनी मिक्सचरमा राखेर घोल्ने। अनि एक कप जति दही मिसाएर फेरि मिक्सचरमा राखेर घोल्दा बनाना लस्सी तयार हुन्छ।
-----------------------------------------------------------------------------------------------------------------------
मोहितो (ककटेल)
राकेश कार्की, बार टेण्डर
मोजो बुटिक होटल, बानेश्वर
बनाउने तरीका
५० मिलि रममा २० मिलि भुइँकटहर जुस र १० मिलि सुगर सिरप मिसाउने। बढीमा तीन वटा जति पुदिनाको पातलाई मसिनो टुक्रा पारेर राखेपछि मोहितो तयार हुन्छ।
-----------------------------------------------------------------------------------------------------------------------
बनाउने तरीका
२० मिलि ह्वीस्की र २५ मिलि भुइँकटहर जुसमा एक चम्चा नरिवल क्रिम राखेर हल्लाउने। दुई/तीन मिनेट हल्लाइसकेपछि फ्रिजमा राखिएको सिसाको कपमा राख्ने। पिना कोलाडा तयार भयो।
-----------------------------------------------------------------------------------------------------------------------
मिन्ट फ्रेसर (मकटेल)
बनाउने तरीका
गिलासमा पानी राखेर ५० मिलि सुगर सिरप र कागतीको जुस हाल्ने। त्यसलाई मज्जाले घोल्ने। २५/२५ मिलि स्प्राइट र सोडा माथिबाट टपिङ गर्ने। अन्तिममा चार/पाँच वटा पुदिना र बाबरीको पात राख्ने। तयार मिन्ट फ्रिसर सर्भ गर्न सकिन्छ।
प्रस्तुतिः सविता श्रेष्ठ, मस्त केसी र विकास श्रेष्ठ ।