भारतलाई पराजित गर्दै नेपाल बन्यो यु-१८ साफ च्याम्पियन
समूह चरणको पहिलो खेलमा भुटानसँग पराजित यु-१८ टीम नेपाल चिरपरिचित प्रतिद्धन्द्धि भारतलाई पराजित गर्दै साफ च्याम्पियन बनेको छ । थिम्पुमा ११ असोजमा भारतलाई हराएर टीम नेपाल उपाधि जित्न सफल भएको हो ।
खेल शुरु भएको दोस्रो मिनेटमै गोल गरेको टीम नेपालले ३७ औं मिनेटमा अग्रता दोब्बर पारेको थियो ।
नेपालले यसअघि माल्दिभ्स र बंगलादेशलाई पराजित गरेको थियो । ९ अंक जोडेको बंगलादेश उपविजेता बनेको छ ।