थप समाचारमंगलवार, आश्विन १०, २०७४

काभ्रेमा जीप दुर्घटना, ६ को मृत्यु

हिमालखबर

काभ्रेको बनेपाबाट डाँडापारी गुकुले जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

रोशी गाउँपालिका-३ निगालेमा बा १४ च ९५६६ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते एक बालकलाई सेनाको उद्दार गरी सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

दशैं मान्न जानेहरुले रिजर्भ गरेको उक्त जीपमा क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिकृया दिनुहोस