वीरगञ्ज महानगरमा फोरम १३०१ मतले अगाडी
स्थानीय तह तेस्रो चरणअन्तरगत प्रदेश-२ को एउटा मात्रै महानगरपालिका वीरगञ्जमा मतगणना अन्तिमतिर पुगेको छ । ८४ हजार मध्ये ७३,०७२ मत गणना हुँदा संघीय समाजवादी फोरम, नेपालले अग्रता लिएको छ ।
१० असोज दिउसो ४ बजेसम्मको मतपरिणाम अनुसार, मेयरमा फोरमका उम्मेदवार विजय सरावगीले १६,८४१ मत पाएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीले १५,५४० मत पाएका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसीकी शान्ति कार्कीले मतान्तर बढाउदै लगेकी छन् । कार्कीले १७,९०५ मत पाएकी छन भने फोरमकी पिङ्की यादवले १५,९७६ मत पाएकी छन् ।
फोरम नेपालः विजय सरावगी १६,८४१, पिङ्की यादव १५,९७६
नेपाली कांग्रेसः अजय द्विवेदी १५,५४०, शान्ति कार्की १७,९०५
राजपाः राजेशमान सिंह १०,०८१, रम्भा मिश्र ८८७५
एमालेः बसुरुद्दिन अन्सारी ७,६१३, सोफिया आचार्य ९,१८९
माओवादी केन्द्रः रहबर अन्सारी ७,६२१, दुर्गा क्षेत्री ४,६४३
लोकतान्त्रिक फोरमः विमल श्रीवास्तव ७,१०१, रिङ्कु देवी ६,०८८