दशैं मनाउन १९ लाख बाहिरिए
काठमाडौं उपत्यकाबाट दशैं मनाउन हालसम्म १९ लाख यात्रु बाहिरिएका छन् ।
विशेषगरी थानकोट नाका हुँदै बाहिरिने यात्रुको संख्या बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
दशैंमा बाहिरिने यात्रुलाई ध्यानमा राखी उपत्काका विभिन्न १२ स्थानमा ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष सञ्चालन गरिरहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले २० भदौदेखि उपत्यकाबाट बाहिरिएका यात्रुको संख्यालाई दशैंका लागि बाहिरिनेको सूचीमा राखेको छ ।