काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
बनेपाबाट डाँडापारि जाँदै गरेको बा १४ च ९५५६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् ।