१३० स्थानीय तहको मत परिणाम सार्वजनिक
स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तरगत प्रदेश२ का आठ जिल्लाका १३६ मध्ये १३० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार, स्थानीय तहको मेयर एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा (एमाले) १७, नेकपा (माओवादी केन्द्र )२१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन् ।
प्रदेश२ का एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३३ वडाको मतगणना सकिएको छ । अब ६ स्थानीय तह र ३८ वडाको निर्वाचन परिणाम आउन बाँकी रहेको छ ।