गोली हानी उम्मेदवारका छोराको हत्या
रौतहटमा अज्ञात समूहले गोली हानी वडा अध्यक्षका उम्मेदवारका छोराको हत्या गरेको छ ।
९ असोज बिहान ३ः३० बजेतिर परोहा नगरपालिका–२ का नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका मौलाना सेराजुद्दिनका छोरा अबु स्वयब अकबरको गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
घर बाहिर बरण्डामा साथीहरुसँगै सुतिरहेका अकबरमाथि अज्ञात समूहले गोली हानेको थियो । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक अशोक झाले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-सञ्जय मित्र, रौतहट