साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मा बर्खास्त
साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा बर्खास्त भएका छन् ।
८ असोजमा शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट शर्मालाई बर्खास्त गरेको हो । साझा प्रकाशनको सञ्चालक समिति सदस्य सहित अध्यक्ष र महाप्रबन्धकबाट पदमुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता डा.हरि लम्सालले बताए ।
साझा प्रकाशनमा अनियमितता भएपछि शिक्षा मन्त्रालयले छानविन समिति गठन गरेको थियो । समितिले अनियमितयता भएको प्रतिवेदन दिएपछि अध्यक्ष एवं महाप्रबन्धक शर्मालाई दुई पटक स्पष्टिकरण सोधिएको थियो । त्यसपछि उनलाई बर्खास्त गरिएको हो ।
अध्यक्ष एवं महाप्रबन्धक शर्माले साझा प्रकाशनमा गरेको अनियमितता बारे हिमाल खबरपत्रिका (२८ जेठ ३-असार, २०७४)ले विशेष रिपोर्ट प्रकाशित गरेको थियो । त्यसपछि उनका अनियमितता बारे सार्वजनिक रुपमा चर्चा शुरु भएको थियो ।
हिमाल खबरपत्रिकामा प्रकाशित विशेष रिपोर्ट: साझा प्रकाशनमा अनियमितता