वीरगञ्ज महानगरमा फोरम अगाडि
वीरगञ्ज महानगरपालिकाको जारी मतगणनामा संघीय समाजवादी फोरमका उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार भन्दा २१० मतले अगाडि छन् ।
५० हजार १४८ मत गन्दासम्म फोरमका विजय सरावगीले ११,६८२ मत प्राप्त गरेका छन् भने कांग्रेसका अजय द्विवेदीले ११,४७२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने कांग्रेसकी शान्ती कार्की अगाडि छन् । कार्कीले १३,०५७ मत प्राप्त गर्दा फोरमकी पिङ्की यादवले ११,३३६ मत प्राप्त गरेकी छन् ।
मेयरका अन्य उम्मेदवारलाई प्राप्त मत
राजपाका राजमान सिंह– ७६३०
एमालेका वसरुद्दिन अन्सारी– ५,६६६
माओवादीका रहबर अन्सारी– ५,१५६
लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव– ४,६२१
-जियालाल साह