जनकपुर उपमहानगरमा राजपा विजयी
जनकपुर उपमहानगरपालिकाको मेयर तथा उपमेयरमा राष्ट्रिय जनता पार्टी नेपालले जितेको छ ।
८ असोजमा सम्पन्न मत परिणाम अनुसार, राजपाका मेयरका उम्मेदवार लालकिशोर साह २१ हजार ९०३ र उपमेयरमा रीता झा १७ हजार १४७ मत ल्याएर विजयी भएका छन् ।
उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका मेयरमा मनोजकुमार साहले ११ हजार १६४ र उपमेयरमा नीलम कर्णले १० हजार ६०५ मत ल्याएका छन् ।
जनकपुरका २५ वडामध्ये राजपाले १२ वटा वडा, कांग्रेसले सात वडा, संघीय समाजावादी फोरम नेपालले तीन, नेकपा (एमाले)ले दुई र स्वतन्त्र उम्मेदवार एक वडामा विजय प्राप्त गरेका छन् ।
-ईश्वरचन्द्र झा, जनकपुर