१२२ स्थानीय तहको मतपरिणाम सार्वजनिक
स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तरगत प्रदेश–२ का १३६ मध्ये ८ असोज बिहान ९ बजेसम्म १२२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३६, नेकपा (एमाले) १६, नेकपा माओवादी केन्द्र २०, राष्ट्रिय जनता पार्टी नेपाल २१, संघीय समाजवादी फोरम नेपाल २३, फोरम लोकतान्त्रिक ३, नेपाली जनता दल २ र नयाँ शक्ति नेपाल १ स्थानमा विजयी भएका छन् ।
त्यस्तै १२७१ वडामा मध्ये ११७८ वडाको मतगणना सकिएको छ । अब १४ स्थानीय तह र ९३ वडाको निर्वाचन परिणाम आउन बाँकी रहेको छ ।