चिकित्सक संघका माग पुरा गर्न डा. केसीको आग्रह
डा.गोविन्द केसीले नेपाल चिकित्सक संघले अघि सारेका माग पुरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
८ असोजमा प्रेस विज्ञप्ती जारी गरी सरकारले उपचारको क्रममा लापरवाही भएको खण्डमा सम्बन्धित चिकित्सकबाट क्षतिपुर्ति भराउने भन्ने निर्णय दुर्भाग्यपूर्ण रहेको जनाएका छन् । यस्तो निर्णयले चिकित्सक र बिरामीबीचको खाडल झन बढ्ने बताएका छन् ।
डा.केसीले भनेका छन, “सबै चिकित्सकहरुको दीर्घकालीन हित हुने गरी नेपाल चिकित्सक संघले अघि सारेका सबै मागहरु तत्काल अक्षरशः पूरा गरेर समस्याको समाधान गर्न म नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछु ।”