वीरगञ्जमा फोरम नेपालले कांग्रेसलाई उछिन्यो
वीरगञ्ज महानगरपालिकाको जारी मतगणनाम संघीय समजवादी फोरमबाट मेयरका उम्मेदवार विजय सरावगीले अग्रता लिएका छन् ।
३७,९६८ मत गणना हुँदासम्म सरावगीले नेपाली कांग्रेसका अजय द्विवेदीलाई ७२ मतले उछिनेका हुन् ।
सरावगीले ८,४१० मत प्राप्त गरेका छन् भने द्विवेदीले हालसम्म प्राप्त गरेको मत ८३३८ छ ।
उपमेयरमा भने कांग्रेसकी शान्ति कार्कीले शुरुदेखि नै अग्रता कायम गरेकी छन् । कार्कीको ९,६४५ मत छ भने समाजवादी फोरमकी पिङकी यादवको ८,०९५ मत छ ।
फोरम नेपाल: विजय सरावगी ८४१०, पिङ्की यादव ८०९५
नेपाली काँग्रेस: अजय द्विवेदी ८३३८, शान्ति कार्की ९६४५
राजपा: राजेशमान सिंह ६१४३, रम्भा मिश्र ५२५८
एमाले: बसरुद्धिन अन्सारी ४१३५, सोफिया आचार्य ५०३२
माओवादी: रहबर अन्सारी ४०३४, दुर्गा क्षेत्री २७५८
लोकतान्त्रिक फोरम: विमल श्रीवास्तव ३२०८, रिङ्कु देवि २५०४