पर्साको बहुदरमाई नगरपालिकामा कांग्रेस निर्वाचित
पर्साको बहुदरमाई नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका नितेन्द्र साह ३, ४६१ मत प्राप्त गरी मेयरमा निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्दी राजपाका महासचिव शिव पटेलले २६१५ मत प्राप्त गरे ।
उपमेयरमा कांग्रेसकै गायत्री देवी प्रतिद्वन्दी भन्दा ७८७ मत बढी ल्याएर निर्वाचित भईन्, उनले ३८१८ मत ल्याउँदा राजपाका सुनिता कुमारी साह ३०३१ मत प्राप्त गरिन् ।