वीरगञ्जमा कांग्रेस र फोरमबीच कडा प्रतिस्पर्धा
स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तरगत प्रदेश-२ को वीरगञ्ज महानगरपालिकाको पछिल्लो मत परिणामले नेपाली कांग्रेस र संघीय समाजवादी फोरमबीच कडा प्रतिस्पर्धा देखाएको छ ।
७ असोज दिउसो ४ बजेसम्मको मत परिणाम अनुसार मेयरमा कांग्रेसका अजय द्विवेदीले ८११२ मत पाएका छन भने फोरमका विजय सरावगीले ७९५७ मत पाएका छन् ।
त्यस्तै मेयरमा राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले ५८५९, नेकपा (एमाले)का बसरुद्धिन अन्सारीले ४०६९, नेकपा (माओवादी केन्द्र)का रहबर अन्सारीले ३९७४ र लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले २९५७ मत पाएका छन् ।
वीरगञ्ज महानगरपालिकाको उपमेयरमा कांग्रेसकै शान्ति कार्की एक हजार ६ सय मतले अगाडी छन् । उनले ९३४० मत पाएकी छन भने निकटमत प्रतिद्वन्द्वी फोरम नेपालकी पिङ्की यादवले ७७३२ मत पाएकी छन् ।
त्यस्तै उपमेयरमा राजपाकी रम्भा मिश्रले ५०२०, माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले २७३५ र लोकतान्त्रिक फोरमकी रिङ्कु देवीले २३०० मत पाएकी छन् ।