सिरहाको लहान नगरपालिकामा एमाले निर्वाचित
लहान नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मदेवार निर्वाचित भएका छन् ।
नगरपालिकाको प्रमुखमा मुन्नी साहले ११ हजार ३०७ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अचमितलाल चौधरीले ९ हजार १३८ मत प्राप्त गरे ।
यसैगरी उप–प्रमुखमा एमालेकै सरियारकुमारी चौधरीले ११ हजार १६८ मत प्राप्त गरी निर्वाचित भइन भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुनम चौधरीले ९ हजार ९०६ मत प्राप्त गरिन् ।
लहान नगरपालिकाअन्तर्गत २४ वडामध्ये नेपाली कांग्रेसले ९, नेकपा एमाले ९, संघीय समाजवादी फोरमले चार र माओवादी केन्द्र दुई स्थानमा निर्वाचित भएका छन् ।