सामसुङको क्यासशब्याक अफर
सामसुङले 'दशैँ आयो सामसुङ ल्याउँला क्याशब्याक पाउँला' अफर ल्याएकाे छ । जसअन्तर्गत सामसुङ टीभी र होम अप्लायन्सेस्मा २० प्रतिशतसम्म तत्कालै क्याशब्याक पाउने छन् ।
सामसुङ नेपालका लागि कञ्जुमर ईलक्ट्रोनिक्सको आधिकारिक विक्रेता हिम ईलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी ब्यापारले आफ्ना उपभोक्ताका लागि यो अफर सार्वजनिक गरेको हो । ईन्ष्ट्यान्ट क्याशब्याक अफर १५ सेप्टेम्बर देखि १५ नोवेम्वरसम्म वा स्टक रहुन्जेल सम्मका लागि मात्र (जुन पहिले त्यही) लागुहुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सामसुङका टीभी (एसयूएचडी, कर्भ, यूएचडी र एफएचडी), रेफ्रिजिरेटर (सिङ्गलडोर, डबल डोर), वासिङ मेसिन (फ्रण्ट लोड, टप लोड) लगायतका छानिएका उपकरणमा योजना लागु हुनेछ ।