वीरगञ्ज अपडेटः कांग्रेसलाई पछ्याउँदै फोरम, राजपा तेस्रोमा
वीरगञ्ज महानगरपालिको जारी मतगणनामा नेपाली कांग्रेसले फेरि अग्रता कायम गरेको छ ।
२२ हजार ४,९८ मत गणना हुँदासम्म नेपाली कांग्रेस सबैभन्द अगाडि छ भने तेस्रो रहँदै आएको संघीय समाजवादी फोरम दोस्रो स्थानमा उक्लिएको छ । पहिलो र दोस्रो हुँदै आएको राजपा भने तेस्रो स्थानमा झरेको छ ।
महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मत गणना सम्पन्न भएको छ ।
मेयर पदमा
नेपाली कांग्रेसः ४९४९
संघीय समाजवादी फोरमः ४३४४
राजपा नेपालः ४३०१
माओवादी केन्द्रः २७४३
नेकपा एमालेः २१३२
नेपाल लोकतान्त्रिक फोरमः१५१०
उपमेयर पदमा
नेपाली कांग्रेसः ५७७४
संघीय समाजवादी फोरमः४२७२
राजपा नेपालः ३६७४
एमालेः २६१९
माओवादी केन्द्रः १८७५
फोरम लोकतान्त्रिकः ११९२