सखुवा–नन्कारकट्टी गाउँपालिकामा एमाले निर्वाचित
सिराहाको सखुवा–नन्कारकट्टी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा एमालेका केदारनाथ यादव तीन हजार १५५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामनारायण यादवले दुई हजार २६७ मत पाएका छन् ।
उपाध्यक्षमा पनि एमालेकै अमलादेवी यादव दुई हजार ९३७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभाकुमारी यादवले दुई हजार ३२८ मत पाएकी छन् ।
यो सँगै एमाले अहिलेसम्म सिराहाको दुई स्थानीय तहमा निर्वाचित भएको छ ।