सामसङ डिजिटल प्लाजा बौद्धमा
हिम इलेक्ट्रोनिक्स प्रालिले काठमाडौंको बौद्धमा सामसङ प्लाजाको शुभारम्भ गरेको छ ।
हिम इलेक्ट्रोनिक्स प्रालिकी निर्देशक सीमा गोल्छा र ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले शोरुमको उद्घाटन गरेका हुन् ।
ग्राहकहरुलाई सरल र सुविधायुक्त सेवा प्रवाहको लागि नयाँ शोरुम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
नयाँ शोरुमबाट सामसङका टेलिभिजन, मोबाइल, रेफ्रिजिनेटर, वासिङ मेसिन लगायतका सामानहरु विक्री गरिने हिम इलेक्ट्रोनिक्सले जनाएको छ ।
यो सँगै हिम इलेक्ट्रोनिक्सका काठमाडौंमा आठ र मोफसलमा पाँच गरी १३ वटा शोरुम सञ्चालनमा आएका छन् । हिम इलेक्ट्रोनिक्स सामसङ्को नेपालका लागि आधिकारिक विक्रेता हो ।
नयाँ शोरुमको शुभारम्भसँगै कम्पनीले ग्राहकहरुका लागि विभिन्न अफर पनि ल्याएको छ ।