परवानीपुरको अध्यक्ष र उपाध्यक्षमा राजपा
बाराको परवानीपुर गाउँपालिकामा राजपाका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा राजपाका हरिनारायण साह कलवार २ हजार ६७७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राम क्षेत्री प्रसाद पटेलले १,८०० मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि राजपाकै सावित्रीदेवी पटेल २ हजार ७१ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।
एमालेकी सुगन्धी देवीले २०१७ मत प्राप्त गरिन् ।
यस अघि बाराको देवताल गाउँपालिकाको अध्यक्षमा राजपाका चन्दन सिंह र उप प्रमुखमा रामपती देवी महतो निर्वाचित भइसकेका छन् ।