पर्साका ७ वटा स्थानीय तहको नतिजा सार्वजनिक
पर्साका १४ वटा स्थानीय तहमध्ये ७ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
जसमध्ये माओवादी केन्द्र तीन स्थानीय तहमा, नेपाली कांग्रेस, नेकपा एमाले, संघीय समाजवादी फोरम, नेपाली जनता दल एक/एक स्थानमा निर्वाचित भएका छन् ।
माओवादी केन्द्र
ठोरी– पिएल श्रेष्ठ
जगरनाथपुर– जालिम मियाँ
छिपहरमई– मनोज गुप्ता
नेकपा एमाले
सुगौली पटेर्वा– हरिनारायण चौधरी
नेपाली कांग्रेस
पर्सागढी– लेकनारायण यादव
संघीय समाजवादी फोरम
बिन्दवासिनी– श्रीलाल प्रसाद साह (मोदी)
नेपाली जनता दल
कालिमाई– नथुनी कुशवाह
- जियालाल साह, वीरगञ्जबाट