मोरङः आगालीबाट एकै घरका चार जनाको जलेर मृत्यु
मोरङको कानेपोखरी गाउँपालिका–३, हरकपुरस्थित एक घरमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर ज्यान गएको छ ।
आज, ५ असोज बिहान सबेरै लागेको आगोले ५६ वर्षीय चन्द्रकुमार राई, ५० वर्षीया पार्वता राई, ४५ वर्षीया बिष्णुकुमारी राई (तामाङ) र ८५ वर्षीया गंगामाया राईको जलेर मृत्यु भएको हो ।
चन्द्रकुमार राई घरमुली हुन् । उनीसहित उनकी आमा गंगामाया, श्रीमती पार्वता र बहिनी बिष्णुकुमारीको जलेर मृत्यु भएको हो ।
सबैे शव चिन्न नसक्ने अवस्थामा फेला परेको छ ।
विद्युत सर्ट भएर घरमा आगालागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव निरीक्षक राजकुमार बस्नेतले जनाए ।
गोपाल गडतौला, झापा