२७ स्थानीय तहको परिणाम सार्वजनिक
प्रदेश नं २ मा जारी मतगणनामा अहिलेसम्म २७ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।
२७ स्थानीय तहमध्ये नेपाली कांग्रेस ९ स्थानीय तहमा निर्वाचित भएर शीर्ष स्थानमा छ । कांग्रेसले अहिले ३२ स्थानीय तहमा अग्रता लिइरहेको छ ।
दोस्रो स्थानमा रहेको माओवादी केन्द्र हालसम्म ५ स्थानीय तहमा निर्वाचित भएको छ भने १६ स्थानीय तहमा अग्रस्थानमा छ ।
त्यस्तै नेकपा एमाले चार स्थानीय तहमा निर्वाचित भएको छ भने १५ स्थानीय तहमा अगाडि छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) चार, संघीय समाजवादी फोरम तीन र नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार दुई स्थानीय तहको प्रमुखमा निर्वाचित भएका छन् ।
समाजवादी फोरम २९ स्थानमा अगाडि छ भने राजपा १५ स्थानमा अगाडि छ । नेपाल लोकतान्त्रिक फोरम एक स्थानीय तहमा मात्र अगाडि छ ।