रीना साह बनिन् प्रदेश नं–२ को पहिलो महिला मेयर
नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेकी रीनाकुमारी साह प्रदेश नं २ को पहिलो महिला मेयरको रुपमा निर्वाचित भएकी छन् ।
साह तीन हजार ९३३ मतका साथ रौतहटको मौलापुर नगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन् ।
साहले निकटतम प्रतिद्वन्द्वीलाई एक हजार ८३३ को फराकिलो मतान्तरले पराजित गरेकी छन् । साहको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार रविन्द्र पटेलले दुई हजार १०० मत प्राप्त गरेका छन ।
रीना सहरी विकास मन्त्री प्रभु साहकी पत्नी हुन् ।
त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै गौरीशंकर प्रसाद जयसवाल निर्वाचित भएका छन् । जयसवालले तीन हजार ८९६ मत प्राप्त गरेका छन् ।
सञ्जय मित्र, रौतहट