बाराको करैयामाई गाउँपालिकामा कांग्रेस निर्वाचित
बाराको करैयामाई गाउँपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ ।
करैयामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भुवनेश्वर धामी ३ हजार ३२९ मतसहित निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै चित्रलेखा चौधरी ३ हजार ३७२ मत सहित निर्वाचित भएकी छन ।
बारामा १६ स्थानीय तह छन् ।
श्याम गुप्ता