जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित
धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अब्दुल वारिक शेख निर्वाचित भएका छन् ।
शेखले २,७१७ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विपिनदेव यादवले २,१८० मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि कांग्रेसकै भारती कार्की ३,०५१ मत प्राप्त गरी निर्वाचित भएकी छन् । कार्कीकी निकटतम् प्रतिद्वन्द्वी समाजवादी फोरमकी रिंकी यादवले १,९६५ मत प्राप्त गरिन् ।
जनकपुर उपमहानगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवकुमार साह २५२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।