पर्साः ठोरीको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र निर्वाचित
पर्साको ठोरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
ठोरीको अध्यक्षमा पीएल श्रेष्ठले २,७५४ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर श्रेष्ठले २,३४६ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा माओवादीकै शान्ति थिङले २,४३५ मत प्राप्त गरी निर्वाचित भइन् भने एमालेकी गोकुलकुमारी रेग्मीले २,२९६ मत प्राप्त गरिन् ।
पाँच वटा वडा रहेको ठोरीमा माओवादीले ३ वटा वडामा अध्यक्ष पद जितेको छ भने एमाले र कांग्रेस एक एक वडामा निर्वाचित भएका छन् ।
जियालाल साह, पर्सा