थप समाचारबिहिवार, आश्विन ५, २०७४

सिरहामा माओवादी केन्द्र र फोरम नेपाल दुई/दुई तथा कांग्रेस एक स्थानीय तहमा निर्वाचित

हिमालखबर

सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 


प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपाल दुई/दुई र नेपाली कांग्रेसले एक स्थानीय तहमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्र सिरहाको कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका, संघीय समाजवादी फोरम नेपाल भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिका तथा नेपाली कांग्रेस नवराजपुर गाउँपालिकामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

अर्नमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरीले २,४३६ मत तथा उपाध्यक्षमा सोहि पार्टीका सियावतीदेवी मुखियाले २,२९९ मत प्राप्त गरी निर्वाचित भएको जिल्ला मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए । 

त्यस्तै सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका क्रमशः गंगा पासवान र ज्ञानकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । पासवानले ४,३०९ मत र श्रेष्ठले ४,३१३ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए । 
––– 

प्रतिकृया दिनुहोस