वीरगञ्जमा कांग्रेस अगाडि, राजपा दोस्रोमा
वीरगञ्ज महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।
११,७२१ मत गनिसक्दा नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले २,६०४मत प्राप्त गरेका छन् भने राजपा नेपालका राजमान सिंहले २,५५८ मत प्राप्त गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी १,७५० मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।
त्यसैगरी माओवादी केन्दका रहवर अन्सारीले १,४२८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका वसरुद्दिन अन्सारीले १,२४९ मत प्राप्त गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ७८८ मत प्राप्त गरेका छन् ।
--------------------------------------------------------------------
वीरगञ्ज महानगरपालिकाको जारी मतगणनामा ११,७२१ मत गन्दाको परिणाम
नेपाली कांग्रेस मेयर–२६०४, उपमेयर– २९८०
राजपा नेपाल मेयर–२५५८, उपमेयर– २३४८
संघीय समाजवादी फोरम नेपाल मेयर– १७५०, उपमेयर– १७१४
माओवादी केन्द्र मेयर– १४२८, उपमेयर– १०१२
नेकपा एमाले मेयर–१२४९, उपमेयर– १४६३
नेपाल लोकतान्त्रिक फोरम मेयर–७८८, उपमेयर– ६३८
जियालाल साह, वीरगञ्ज