गोपाल खड्काद्वारा पुनःबहालीको माग गर्दै सर्वोच्चमा रिट
नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपाल खड्काले पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आपूर्ति मन्त्रालयलाई विपक्षी बनाई खड्काले आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनःबहाली गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
आरोप लगाएर सुनुवाइको मौका समेत नदिई विभागीय मन्त्रीको ठाडो आदेशमा बर्खास्त गरिनु गैरकानूनी भएको खड्काले बताएका छन ।
निगमको जग्गा खरिदमा अनियमितता गरेको आरोपमा २ असोजको मन्त्रिपरिषद् बैठकले खड्कालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।