८८ किलो सुन प्रकरणका पाँच पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले गणेशदत्त बडू, सत्यनारायण अग्रवाल, शुभरत्न शाक्य, दिनकर सालुखे र नन्दकुमार मर्गलेलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक करोड ६५ लाख नगद र एक केजी २०९ ग्राम सुन बरामद गरिएको महाशाखाका प्रमुख दिवश लोहनीले जानकारी दिए ।
महाशाखाको टोलीले १९ भदौमा काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन सहित ओसारपसारमा संलग्न बा १७ च ६४२७ नम्बरको गाडी चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो । रासस