‘स्मार्ट पोखरा’ कोे सम्भाव्यता अध्ययनका लागि जापानी संस्थासँग संझौता
पोखरा लेखनाथ महानगरपालिकालाई ‘स्मार्ट’ शहर बनाउनका लागि जापानी संस्थाले सम्भाव्यता अध्ययन् गर्ने भएको छ ।
जापानी संस्था ‘न्यू आईटी भेन्चर’ का कार्यकारी निर्देशक तदासी मोरी र महानगरका प्रमुख कार्यकारी अधिकृत दीर्घनारायण पौडेलबीच सम्भाब्यता अध्ययन् सम्झौतामा आज हस्ताक्षर भएको छ ।
संझौता अनुसार महानगरमा सूचना–प्रविधिमा आधारित सेवा विस्तार गर्ने, विभिन्न परियोजना सञ्चालनका लागि लगानीको वातावरण बनाउने, महानगरलाई वातावरण अनुकुल, शान्त र सुरक्षित बनाउने, स्मार्ट सिटी हब बनाउने लगायतका विषयमा अध्ययन् गरी प्रतिवेदन बनाइने न्यू आइटी भेन्चरका निर्देशक मोरीले बताए ।
भेन्चरले निशुल्क अध्ययन् प्रतिवेदन तयार पारेर महानगरलाई बुझाउने छ । उक्त संस्थाले जापानी तथा स्वदेशी अनुसन्धानकर्ता एवं विज्ञहरुलाई स्थलगत भ्रमण गराउने र आवश्यक सुझाव लिने जनाएको छ ।
महानगरका मेयर मानबहादुर जिसीले चुस्त, दुरुस्त र छिटो छरितो सेवा दिन स्मार्ट सिटीको अवधारणा जरुरी रहेको बताए ।
युवराज श्रेष्ठ, पोखरा