हंसपुर नगरपालिकामा राजपा निर्वाचित
धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टी निर्वाचित भएको छ ।
हंसपुरको मेयरमा राजपाका रामज्ञान मण्डल निर्वाचित भएका छन् । मण्डलले ३ हजार ३२० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रदीपकुमार यादवले ३ हजार २२९ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा पनि राजपाकै रेणु झा ३ हजार २७६ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामकुमारी कामतले ३ हजार २७ मत प्राप्त गरेकी छन् । रासस